महुली लघुवित्तको ३ हजार ५ सय कित्ता संस्थापक शेयर आइतबारबाट बिक्रीमा आउने, न्यूनतम मूल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं - महुली लघुवित्त वित्तीय संस्थाले आइतबारदेखि संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक समूह तर्फको ३ हजार ५ सय कित्ता शेयर लिलामीमा ल्याउन लागेको हो ।

कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७३५ रुपैयाँ तोकेको छ । जसअनुसार आवेदकले सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन दिनुपर्नेछ ।

उक्त शेयर खरिद गर्ने चाहनेइच्छुक विद्यमान संस्थापक शेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी पुस ११ गते भित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । बोलपत्र पेश गर्दा न्यूनतम ५ सय कित्ता र अधिकतम सम्पूर्ण कित्ता माग गर्न सक्नेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया