बुटवल– रुपन्देहीको भैरहवामा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार तस्कर र प्रहरीबीचको गोली हानाहान हुदा एक तस्करको मृत्यु भएको हो भने एक प्रहरी घाइते भएका छन् । गस्तीमा खटिएका प्रहरी जवान कृष्ण श्रेष्ठको बांयाँ हातमा गोली लागेको छ ।
सिद्धार्थनगर नगरपालिका–१०, शंकरपुरमा गस्तीमा खटिएको प्रहरी टोलीमाथि अकस्मात गोली प्रहार भएको छ । जवाफी कारबाहिमा ती तस्करको मृत्यु भएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरिक्षक हृदय थापाले जानकारी दिए ।
भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका करीब ३०(३५ वर्ष उमेरका एक तस्करको अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको र उनको शव हाल पोष्टमार्टमका लागि भीम अस्पताल, रुपन्देहीमा राखिएको छ ।
भारतीय मोटरसाईकल युपी ५३ एच २०२८ मा आएका तस्करहरुलाई सादा पोशाकका प्रहरीले रोक्न खोज्दा उनिहरुले प्रहरी माथी नै गोली चलाएको थापाले भने ।
प्रहरीको गोली लागी मृत्यु भएको तस्करको भने अहिले सम्म पहिचान नखुलेको एसपी थापाले बताए । घटना राती करिब १२ बजे तिरको हो ।
प्रतिक्रिया