काठमाडौं - नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट ९आरटीजीएस० प्रणाली विस्तार गर्ने क्रमलाई निरन्तरता दिदै १ विकास बैंक र ६ वित्त कम्पनीहरुलाई नेपाल राष्ट्र बैंकबाट संचालित आरटीजीएस प्रणालीमा आवद्ध गराएको छ ।
नेपाल क्लियरिङ्ग हाउसले उपलब्ध गराएको कनेक्ट आरटिजिएसको प्रयोग गरी यी संस्थाहरुले अब आरटीजीएस प्रणालीमा कारोबार गर्न सक्नेछन् ।
सप्तकोशी विकास बैंक, बेस्ट फाइनान्स, गुर्खाज् फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स, गुडविल फाइनान्स, प्रोग्रेसिभ फाइनान्स तथा रिलायन्स फाइनान्स हालै उक्त प्रणालीमा थपिएका छन् ।
यस अघि २७ वटा वाणिज्य बैंक, ८ विकास बैंक र २ वित्त कम्पनीमा आरटिजिएस प्रणाली सञ्चालनमा आइसकेका छन् ।
प्रतिक्रिया