नबिल बैंकद्धारा शेयर बजारसम्बन्धी जानकारी मुलक कार्यक्रम संचालन

४ बर्ष अगाडि

काठमाडौं, नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट जारी गरिएको २०७७।०९।२७ को निर्देशन बमोजिम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालको शेयर बजारमा कसरी प्रवेश गर्न सकिन्छ र धितोपत्र सम्बन्धि नेपाल धितोपत्र बोर्डबाट जारी गरिएको विद्यमान ऐन नियम तथा निर्देशनहरुमा भएको व्यवस्था बारेमा जानकारी दिने र धितोपत्र व्यावसायी तथा मर्चेन्ट बैंकरहरुको काम, कर्तव्य र अधिकारहरुका बारेमा जानकारी दिने उद्देश्यले प्रदेश नम्बर ४ गण्डकी प्रदेशबाट सो सम्बन्धि जानकारी मुलक कार्यक्रम संचालन गर्न शुरु गरेको छ । 

निकट भविष्यमा देशको सातै प्रदेशमा यस्तो खाले कार्यक्रम संचालन गर्ने उद्देश्यले आयोजित सो कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले विद्यमान नेपालको धितोपत्र बजारबाट लिन सकिने फाईदाहरु र मर्चेन्ट बैंकरहरुले प्रदान गर्ने सेवाहरुका बारेमा प्रकाश पारेका थिए ।

स्थापना कालको  १२औं वर्ष प्रवेश गर्दै गर्दा  कम्पनीले आफ्ना ग्राहकहरुलाई दक्ष तथा अनुभवी कर्मचारीहरु सहित उत्कृष्ट सेवा प्रदान गर्दै आएको जनाएको छ । 

४५ लाख भन्दा बढी डिम्याट खाता खुली सकेको नेपालको धितोपत्र बजारमा २२ लाख भन्दा बढी प्राथमिक निष्काशनमा आवेदन पर्न थालिसकेको छ । यस्तो अवस्थामा धितोपत्र बजार सम्बन्धि यथार्थ जानकारी तथा यसमा कसरी प्रवेश गर्न सकिन्छ र यसबाट लिन सकिने फाईदाहरुको बारेमा जानकारी दिनु नै यस कार्यक्रमको पहिलो उद्देश्य रहेको कम्पनीले जनाएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया