कृषि विकास बैंकको २१ प्रतिशत लाभांश घोषणा, बोनस शेयर कति ?

४ बर्ष अगाडि

काठमाडौं,कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र सोमा लाग्ने कर प्रयोजनार्थ १.९५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। यसका साथै नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पूँजीमा समेत वार्षिक ६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

४ बर्ष अगाडि

प्रतिक्रिया