पोखरा फाइनान्सले  गर्‍यो लाभांश घोषणा, बोनस शेयर कति ?

४ बर्ष अगाडि

काठमाडौं,पोखरा फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

फाइनान्सले हाल कायम चुक्ता पूँजीको ८.०७५ प्रतिशत बोनस शेयर र सोमा लाग्ने कर प्रयोजनार्थ ०.४२५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

पुस १ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

४ बर्ष अगाडि

प्रतिक्रिया