डिप्रोक्स लघुवित्तलो माग्यो भारी संख्यामा कर्मचारी, योग्यता कति ?

४ बर्ष अगाडि

काठमाडौं - डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले भारी संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै ४ पदका लागि कर्मचारी माग गरेको हो । 

कम्पनीले अधिकृतमा ३ जना, सहायक अधिकृतमा ३ जना, कार्यक्रम सहायकमा २० जना र कनिष्ठ कार्यक्रम सहायकमा ५५ जना गरी कुल ८१ जना कर्मचारी माग गरेको हो ।

कम्पनीले अधिकृत श्रेणिका लागि स्नातक वा स्नाकोत्तर उत्तीर्ण र सहायक श्रेणिअन्तर्गको पदको लागि एसईई उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले अधिकृत श्रेणिको लागि ९०० दस्तुर र सहायक श्रेणिको लागि ४०० र कनिष्ठ सहायकका लागि ३०० रुपैयाँ दस्तुर तिरेर १५ दिनभित्र आवेदन दिनु पर्ने छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया