काठमाडौं - ताप्लेजुङ समाज नेपालले चासोक तङनाम मनाउने भएको छ ।
ताप्लेजुङमा बसोवास गर्ने विभिन्न जाति विशेष भाषा, संस्कृति, भेषभूषा, रीतिरिवाज तथा मौलिक चाडपर्वहरूलाई अनन्तकालसम्म कायम राख्न र प्रर्वद्धन गर्ने उद्देश्य अनुरूप यस पटक ताप्लेजुङ समाजले लिम्बू समुदायमा विशेष रूपले मनाइने उँद्यौली पर्व (चासोक तङनाम २०७८) मनाउने भएको हो ।
चासोक तङनाम आगामी पौष १० गते शनिबारका दिन काठमाडौँको धुम्बाराही स्थित एस।आर। पार्टी प्यालेसमा परम्परागत संस्कृतिको प्रस्तुति सहित मनाउने समाजका अध्यक्ष डम्बर बहादुर तुम्बाहाम्फे जानकारी दिएका छन् ।
साथै उनले ताप्लेजुङ समाज–नेपाल ताप्लेजुङ जिल्लावासीको सर्वोपरि हितलाई ध्यानमा राखी, काठमाडौँमा स्थाई वा अस्थाई बसोवास गर्ने जिल्लावासीको मुख्य साझा संस्था रहेको कुरा अवगत गराउन पाउदा खुसी लागेको पनि बताए ।
समाजले उक्त कार्यक्रममा उपस्थित भई मौलिक चाडपर्वको प्रर्वद्धनमा सहयोग पुर्याउन समेत आग्रह गरेको छ ।
प्रतिक्रिया