काठमाडौं - विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । नवौँ वार्षिक सभा पुस २४ गते, शनिबार गैडाकोट रिसोर्ट, गैडाकोट, नवलपरासीमा हुने छ ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको २०.०३ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.०६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । सभाले सोही प्रस्ताव पारित गर्ने छ ।
साथै अन्य वित्तीय संस्थालाई प्राप्त गर्ने वा मर्जर गर्ने सम्बन्धी सम्पूर्ण कार्य गर्न, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ सञ्चालकको निर्वाचन गर्ने प्रस्तावहरु पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ लघुवित्तले पुस १२ गतेदेखि २४ गतेसम्म बुकक्लोज गर्ने भएको छ । यस अनुसार पुस ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया