काठमाडौं - सरकारले हरेक नेपालीहरुलाई ५०० अमेरिकी डलर बराबरको प्र्रिपेड डलर खाता खोल्न पाउने व्यवस्था गरेसँगै आठ महिनामा १९ करोड बाहिरिएको नेपाल राष्ट्र बैंंकले जनाएको छ ।
हालसम्म १८ हजार ३२८ जनाले बैंक खाता खोलेका छन् । उनीहरुको डलर खातामा ९१ करोड रुपैयाँ जम्मा भएको छ । यद्यपि सो रकम सबै विदेश पुगिसकेको छैन ।
राष्ट्र बैंकका अनुसार हालसम्म जम्मा १८ लाख डलर मात्रै बाहिरिएको हो । बाँकी ग्राहककै खातामा संचिती छ । चालु आर्थिक वर्षको चार महिनामा मुलुकको विदेशी मुद्रा सञ्चिति करिब एक खर्ब ५४ अर्ब रुपैयाँ घटेको छ ।
यसअनुसार गत कात्तिकमा कुल विदेशी मुद्रा सञ्चिति १२ खर्ब ४४ अर्ब ८५ करोड रुपैयाँ छ । गत असारको तुलनामा यो ११ प्रतिशत घटेको छ । गत असारमा कुल विदेशी मुद्रा सञ्चिति १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ थियो ।
गत असारयता हरेक महिना विदेशी मुद्रा सञ्चिति घटिरहेको छ । यति ठूलो मात्रामा विदेशी मुद्रा संचिती घटेपछि अर्थतन्त्रमा तनाव बढेको छ ।
प्रतिक्रिया