६९ हजार ५ सय नक्कली नेपाली नोटसहित २ भारतीय नागरिक पक्राउ

४ बर्ष अगाडि

काठमाडौं - रौतहटमा नक्कली रुपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

बिहीबार प्रहरी चौकी मोतिपुर नरकटियाबाट खटिएको प्रहरी गस्ती टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका ती दुई व्यक्तिको साथबाट नक्कली नोटसमेत बरामद गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहार राज्य जिल्ला मोतिहारी थाना घोडासहन ग्राम श्रीपुर पंचायत कबैया बस्ने मुखलाल प्रसादको २६ वर्षीय छोरा विकाश जयसवाल र सोही स्थान बस्ने रामेश्वर प्रसादका ३२ वर्षीय छोरा अजय प्रसाद रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

पक्राउ परेका दुवै जनाको साथबाट नेपाली नक्कली नोट रु १००० दरको थान ६९ र रु ५०० दरको थान १ गरी जम्मा नक्कली नेपाली नोट रु ६९ हजार ५ सय फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया