काठमाडौं - लघुबीमा कम्पनीलाई लाइसेन्स वितरण गर्ने बीमा समितिको योजना अन्यौलमा परेको छ । कानुनी अड्चनमा रोकिएको लाईसेन्स वितरण गर्ने योजनामा अर्थमन्त्री जनार्दन शर्माको भनाई सार्वजनिक भएसँगै थप अन्यौल सिर्जना भएको हो ।
सोमबार बीमा समितिको भवन शिलन्यास कार्यक्रममा संबोधन गर्दै मन्त्री शर्माले अहिले लघुबीमा कम्पनी आवश्यक नभएको बताएका हुन् ।
लघु बीमामा सर्वसाधारणको आकर्षण अपेक्षा अनुसार बढ्न नसकेको उनको भनाई छ । नियमन निकाय बीमा समितिको ध्यान लघु बीमाको दायरा विस्तार तर्फ केन्द्रित नभएर लाईसेन्स वितरण गर्न लागेको मन्त्री शर्माले आरोप लगाएका छन् ।
अर्थमन्त्री शर्माको यस्तो भनाई सार्वजनिक भएसँगै लघु बीमा कम्पनीलाई लाइसेन्स दिने बीमा समितिको योजना अन्यौलता सिर्जना भएको हो । अर्थमन्त्री शर्माले लघुबीमा कम्पनी आवश्यक नभएको अभिव्यक्ति दिएका छन् ।
कानुनी अड्चनमा रोकिएको बीमा समितिलाई अर्थमन्त्रीको अभिब्यक्तिले तत्काल लघु बीमा कम्पनीलाई लाईसेन्स वितरण गर्ने योजनामा ब्रेक लागेको छ ।
प्रतिक्रिया