काठमाडौं - कर्पोरेट डेभलपमेन्ट बैंक र छ्याङदी हाइड्रोपावर कम्पनीलाई हकप्रद शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । बैंक र हाइड्रोपावरलाई बोर्डले पुस १ गते हकप्रद निष्काशनको अनुमति दिएको हो ।
कर्पोरेट डेभलपमेन्ट बैंकले १ः१।५० अनुपातको दरले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता शेयर निष्काशन गर्नेछ ।
बैंकको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ ।
यस्तै छ्याङदी हाइड्रोपावरले १०ः३ को अनुपातमा ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।
कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
प्रतिक्रिया