काठमाडौं - नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई आगामी असार मशान्तभित्र सिडि रेशियो ९० प्रतिशत कायम गर्ने कार्ययोजना पेश गर्न निर्देशन दिएको छ । बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो समीक्षाको कार्यान्वयनको लागि जारी गरेको निर्देशनमा यस्तो जनाएको हो ।
यस्तै केन्द्रीय बैंकले २०७९ असार मसान्तसम्ममा सिडि अनुपातलाई निर्धारित सीमा भित्र कायम गर्न आवश्यक कार्ययोजना सञ्चालक समितिबाट स्वीकृत गराई यस बैंक समक्ष पेश गरी सोको कार्यान्वयन गर्नु पर्ने जनाएको छ ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिमा केन्द्रीय बैंकले बैंकहरुको सिसिडि रेशियो खारेज गरी सिडि रेशियो लागु गरेको थियो । कर्जा–निक्षेप अनुपात तोकिएभन्दा बढी भएमा बैंक तथा वित्तीय संस्थाहरुले २०७९ असार मसान्तभित्र तोकिएको अनुपात कायम गरिसक्नु पर्नेछ ।
यसका लागि तोकिएको कर्जा–निक्षेप अनुपातको अनुपालनाको लागि मासिक रुपमा अनुगमन हुने गरी निक्षेप परिचालन र कर्जा प्रवाहलाई व्यवस्थित गर्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।
प्रतिक्रिया