खानीखोला हाइड्रोपावरले पुस ३० गते डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

४ बर्ष अगाडि

काठमाडौं, खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले तीन आर्थिक वर्षको साधारण सभा एकैपटक डाकेको छ।

कम्पनीले पुस ३० गते सातौँ, आठौँ र नवौँ वार्षिक साधारण सभा बोलाएको हो। सभाले पब्लिकतर्फ र सर्वसाधारणतर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक समितिको कार्यकालको सम्बन्धमा, लेखापरीक्षक नियुक्त गर्ने, गत आर्थिक वर्षको आर्थिक विवरण पारित गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस ९ गतेदेखि ३० गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

४ बर्ष अगाडि

प्रतिक्रिया