काठमाडौं- नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत महामन्त्री पदका लागि भएको चुनावमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन्।
आज भएको मतगणनामा गगनकुमार थापाले ३ हजार २३ मत र विश्वप्रकाश शर्माले १ हजार ९ सय ८४ मत प्राप्त गरेका हुन् । परिणाम कांग्रेसको निर्वाचन समितिले घोषणागर्न बाँकी रहेको छ ।
महामन्त्रीमा शेरबहादुर देउवा समूहबाट महामन्त्रीमा डा.प्रकाशशरण महत र प्रदीप पौडेल, डा. शेखर कोइराला समूहबाट डा.मिनेन्द्र रिजाल र गगन थापा, प्रकाशमान सिंहको समूहबाट विश्वप्रकाश शर्मा तथा विमलेन्द्र निधिको समूहबाट डा. राजाराम कार्की उम्मेदवार थिए ।
महामन्त्रीका ६ जना उम्मेदवारबाट दुई जना महामन्त्रीमा चयन भएका हुन् ।
प्रतिक्रिया