आज पनि ओरालो यात्रालाई निरन्तरता दिदैँ शेयर बजारमा ३७.८७ अंक गिरावट, कारोबार रकम कति ?

४ बर्ष अगाडि

काठमाडौं,साताको अन्तिम कारोबार दिन (बिहीबारं पनि शेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । हिजो पनि शेयर बजारमा ४.२३ अंक गिरावट आएको थियो । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३७.८७ अंकले घटेर २३७६.७४ विन्दुमा झरेको छ । नेप्से १५७ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक पनि ५.८८ अंकले घटेर ४५३.५३ विन्दुमा झरेको छ । 

कारोबारमा आएका कूल २२४ वटा कम्पनीको ५३ लाख ७९ हजार ८ सय ६० कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब ३० करोड १७ लाख ५१ हजार ९ सय ६८ रूपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज म्युचुअल फण्ड बाहेक बाँकी सबै उपसमूहको शेयर घटेको छ ।

आज प्रभु बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको ९ करोड ४३ लाख १९ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

बिहीबार नेपाल बङ्गलादेश बैंक लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बैंकको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर ३ सय ५४ रूपैयाँ ६० पैसा पुगेको छ । 

आज ग्रीन लाइफ हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्य सबैभन्दा धेरै घटेको छ । संस्थाको शेयरमूल्य ७.५९ प्रतिशतले घटेर प्रतिकित्ता ३ सय ६५ रूपैयाँमा झरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया