काठमाडौं - माईखोला हाइड्रोपावरको प्रथम वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीको संचालक समितिको बैठकले सभा पुस २२ गते बिहान ९ बजे कम्पनीको केन्द्रिय कार्यालय अनामनगर काठमाडौंमा बस्ने गरी बोलाएको हो । उक्त सभाले आईपीओ निष्कासन गर्नका लागि विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति लिने प्रस्ताव पारित गर्नेछ ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक समेत निर्धारण गर्ने कार्य सूचि रहेको छ ।
प्रतिक्रिया