सगरमाथा इन्स्योरेन्स र सिटिजन बैंकको बोनस शेयर नेप्सेमा सूचिकृत, कुनको कति ?

४ बर्ष अगाडि

काठमाडौं - नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचिकृत भएको छ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड र सिटिजन बैंकको बोनस शेयर आज नेप्सेमा सूचिकृत भएको हो ।

सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड 
सगरमाथा इन्स्योरेन्सको ११ प्रतिशतका दरले हुन आउने ११ लाख १ हजार ३४५ कित्ता बोनस शेयर सूचिकृत भएको हो ।

सूचिकृतपश्चात लगानीकर्ताले आइतबारदेखि नै उक्त बोनस शेयर खरिदबिक्री गर्न पाउनेछन् ।

सिटिजन बैंक
सिटिजन बैंकको १२.९१३ प्रतिशतले हुन आउने १ करोड ६२ लाख ४० हजार ५०८ कित्ता बोनस शेयर सूचिकृत भएको हो ।

सूचिकृतपश्चात लगानीकर्ताले आइतबारदेखि नै उक्त बोनस शेयर खरिदबिक्री गर्न पाउनेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया