काठमाडौं - सिटिजन्स बैंक लिमिटेडले चार स्थानमा प्रिभिलेज काउन्टर विस्तार गरेको छ ।
बैंकले छिटो छरितो सेवा संचालन गर्नका लागि लुम्बिनी प्रदेशको कालिकानगर शाखामा, प्रदेश १ को विराटनगर र विर्तामोड शाखामा र प्रदेश २ को राजविराज शाखामा थप प्रिभिलेज काउन्टर विस्तार गरेको हो ।
बैंकले यसअघि प्रधान कार्यालय नारायटहिटी पथ, काठमाडौं तथा कमलादीमा रहेको प्रिभिलेज काउन्टरबाट मात्रै बैकिङ सेवा दिदै आएको थियो ।
प्रतिक्रिया