काठमाडौं-विश्व बैंक अन्तर्गतको ‘इन्टरनेसनल डेभलपमेन्ट एसोसिएसन (आइडीए)’ ले ९३ अर्ब अमेरिकी डलर आर्थिक सहयोग पाउने भएको छ । आइडीएले ३ वर्षको अवधिमा उक्त सहयोग पाउन लागेको हो ।
यो सहयोग प्याकेज आइडीएले सन् २०१९ मा पाएको भन्दा १२ प्रतिशत धेरै हो । जसमध्ये २३.५ अर्ब डलर सहयोग उच्च तथा मध्यम आय भएका ४८ वटा देशहरुबाट रहेको छ ।
कोषको पुनःपूर्तिका लागि यस साता आइडीएका सरोकारवालाहरुको बैठक बसेको थियो । प्रत्येक ३ वर्षमा उक्त कोषको पुनःपूर्ति हुँदै आएको छ । सबैभन्दा गरीब जनताहरुलाई सहयोग गर्ने उद्देश्यले स्थापना भएको आइडीएको ६१ वर्षे इतिहासमै यो सबैभन्दा ठूलो वित्तीय प्याकेज हो । आइडीएले गरीब देशहरुलाई न्यून ब्याजदरमा कर्जा तथा अनुदान दिँदै आएको छ ।
आइडीएले विश्वका ७४ वटा गरिब देशहरुलाई वित्तीय सहयोग प्रदान गर्दछ ।
प्रतिक्रिया