खप्तड लघुवित्तको साधारण सभा पुस २४ गते, आइपीओ निष्कासन गर्ने विशेष प्रस्ताव

४ बर्ष अगाडि

काठमाडौं-खप्तड लघुवित्त वित्तीय संस्थाले पुस २४ गते आफ्नो वार्षिक साधारण सभा बोलाएको छ । सभा होटल अत्तरीयामा बिहान ११ बजे सुरु हुनेछ ।

सभामा कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्दैछ । यसैगरी, अन्य वित्तीय संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि रहेको छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि छ ।
 
आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन र सोही अवधि सम्मको नाफा नोक्सान सम्बन्धी प्रस्तावमा छलफल हुनेछ । आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने अर्को प्रस्ताव पनि छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया