काठमाडौं - ओमानमा रहेको नेपाली दूतावासले त्यहाँ राहदानी (पासपोर्ट)को म्याद सकिन लागेका नेपाली श्रमिकलाई नयाँ राहदानीको लागि आवेदन दिन आग्रह गरेको छ ।
डिसेम्बर १७ भोली दोफार प्रशासनिक क्षेत्रमा घुम्ती सेवा सञ्चालन हुने भएकाले राहदानी बनाउने वा अन्य कन्सुलर सेवा लिन चाहनेहरुलाई सम्पर्क गर्न दूतावासले आग्रह गरेको हो ।
माडर्न होम्स बिल्डिङमा बिहान ८ बजेदेखि अपरान्ह ३ बजेसम्म सेवा दिइने दूतावासको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया