काठमाडौं, साताको अन्तिम कारोबारको दिन (बिहीबार) नेपाल स्टक एक्सेन्च (नेप्से)मा कारोबारको पहिलो घण्टामा दोहोरो अंकको गिरावट आएको छ ।
कारोबार सुरु भएको एक घण्टा अर्थात १२ बजेसम्म नेप्से परिसुचक २७.३९ अंकले घटेर २३८७.२३ को बिन्दु पुगेको छ ।
यस्तै,सो अवधीसम्म कारोबारमा आएका २०२ कम्पनीमध्ये १९ कम्पनीको शेयरमूल्य बढेको छ भने १५८ कम्पनीको शेयरमूल्य घटेको छ ।
यसैगरी, ११ लाख ९४ हजार १५९ कित्ता शेयर ८ हजार ५९८ पटकको खरिदबिक्रीमा ५१ करोड ४९ लाख बढीको शेयर कारोबार भएको छ ।
प्रतिक्रिया