प्रि ओपन सेसन : १५ कम्पनी कारोबारमा, ९ कम्पनीको शेयरमूल्य बढ्यो

४ बर्ष अगाडि

काठमाडौं, साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १.१५ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार ४.२३ अंक घटेर २४१४.६२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.१५ अंक बढेर २४१५.७७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.३८ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा १५ कम्पनीको १५ लाख ७६ हजार ४५९ रुपैयाँ बराबरको ३ हजार ९२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ९ कम्पनीको शेयरमूल्य बढेको छ भने २ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ४ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया