रसुवागढी हाइड्रोपावरले पुस २६ गते डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

४ बर्ष अगाडि

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ। 

कम्पनी सञ्चालक समितिको आज बिहान बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको महाराजगन्जस्थित कम्पनीको सभाहलमा भर्चुअल माध्यमबाट बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले कम्पनीको चुक्तापुँजी र सञ्चित मुनाफा (फ्री रिजर्भ)को जम्मा रकमभन्दा बढी हुने गरी ऋण लिने निर्णय अनुमोदन हुन तथा थप ऋण लिन स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन पनि पारित गर्नेछ।

सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस ११ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभामा भाग लिन पाउनेछन्।

४ बर्ष अगाडि

प्रतिक्रिया