काठमाडौं - महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाका संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो ।
संस्थापक शेयरधनीको नाममा रहेको १८ हजार ६०० कित्ता शेयर बिक्रीका लागि निवेदन दिएअनुसार बिक्रीमा आएको हो ।
उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय अग्नीसाइर कृष्णासवरण–६, महुली सप्तरीमा आफुले खरिद गर्न चाहेको कित्ता संख्या खुलाई आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया