काठमाडौं - खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले ७औं, ८औं र ९औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको मंसिर २९ गते बसेको संचालक समितिको बैठकले तीन आवको सभा पुष ३० गते गर्ने निर्णय गरेको हो ।
उक्त सभाले तीनै आवको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । साथै आव २०७५/०७६, २०७६/०७७ र २०७७/०७८ को लेखापरिक्षण प्रतिववेदन सहितको वासलात तथा नाफा नोक्सान हिसाबको विवरण छलफल गरी पारित गर्नेछ ।
त्यस्तै, आव २०७८/०७९ को लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने र सर्वसाधारण र संस्थापक समूहतर्फबाट प्रतिनिधित्व गर्ने संचालकको कार्यकाल प्रस्तुत गर्ने सभाको एजेण्डा रहेको छ ।
कम्पनीले साधारण सभा प्रयोजनका लागि पुष ९ गतेदेखि पुष ३० गतेसम्म बुकक्लोजको मिति तोकेको छ । जसअनुसार पुष ८ गतेसम्म कायम शेयरधनी मात्र सभामा उपस्थित हुन पाउनेछन् ।
प्रतिक्रिया