काठमाडौं, सेन्ट्रल फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
फाइनान्सले हाल कायम चुक्ता पूँजीको ७.७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित ३.३ प्रतिशत नगद लाभांश गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
मंसिर २९ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
प्रतिक्रिया