समृद्धि फाइनान्सले पायो २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद निष्कासन गर्ने अनुमति

४ बर्ष अगाडि

काठमाडौं - समृद्धि फाइनान्स लिमिटेडलाई हकप्रद सेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ ।

फाइनान्सले १ः०.५० को अनुपातमा १०० रुपैयाँ अंकित दरमा कुल २७ करोड २९ लाख ७० हजार ५०० रूपैयाँ बराबरको  २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद निष्कासन गर्न बोर्डले मंसिर २९ गते अनुमति दिएको हो । 

फाइनान्सको १०० कित्ता सेयर हुने सेयरधनीले ५० कित्ता हकप्रद प्राप्त गर्ने छन् । फाइनान्सको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल लिमिटेड रहेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया