विद्युत नियमन आयोगमा रिक्त रहेको सदस्य माग, २१ दिन भित्र आवेदन दिनुपर्ने

४ बर्ष अगाडि

काठमाडौं - उर्जा मन्त्रालयले विद्युत नियमन आयोगमा रिक्त रहेको सदस्य पदपूर्तिको लागि फेरी आवेदन खुलाएको छ । मन्त्रालयले नियुक्त गर्न चाहेको उम्मेदवार विरुद्द उजुरी परेपछि मन्त्रालयले फेरी आवेदन खुलाएको हो । 

यद्यपि आयोगको सदस्य सिफारिस समितिले भने यस अघि आवेदन खुलाउंदा  ४ जना उम्मेदवारहरूको आवेदन प्राप्त भएकोमा २ जनाको अनुभवको अवधि नपुगेको र बाँकी २ जना उम्मेदवारले पेश गरेको कार्ययोजना मूल्याङ्कन गर्दा तोकिए बमोजिम नरहेको हुँदा आवेदन दिएका कुनै पनि उम्मेदवारहरू सिफारिस हुन नसकेकोले पुनस् आवेदन गरिएको जनाएको छ । 

समितिले आज पुस १ गते सूचना प्रकाशन गर्दै सूचना प्रकाशन भएको २१ दिन भित्र आवेदन दिन आग्रह गरेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया