मनकामना स्मार्ट लघुवित्त र प्रभु बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनको कति प्रतिशत ?

४ बर्ष अगाडि

काठमाडौं - आज २ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ  । साधारणसभा प्रयोजनको लागि पुस ४ गते आइतबार बुक क्लोज गर्ने निर्णय गरेका प्रभु बैंक, र मनकामना स्मार्ट लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । 

आज पुस १ गतेसम्म कायम शेयरधनीले मात्र यी कमपनीको साधारणसभामा  भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

मनकामना स्मार्ट लघुवित्त
मनकामना स्मार्ट लघुवित्त वित्तीय सँस्थाले  पुस १९ गते रुपन्देहीको सिद्धार्थनगर स्थित होटेल पौवामा साधारणसभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  

कम्पनीले आर्थिक बर्ष २०७७/०७८ को नाफाबाट १७ प्रतिशतले हुन आउने २ करोड ५ लाख ९५ हजार ५ सय रुपैयाँ बराबरको लाभांश दिने प्रस्ताव गरेको छ ।  हाल लघुवित्तको चुक्तापुंजी १२ करोड ११ लाख ५० हजार रुपैयाँ रहेको छ ।  

स्मार्ट लघुवित्तसँग साउनमा एकीकृत कारोबार गरेकाले सेयरधनिहरुलाई लाभांशमा कर छुट हुनेछ । लघुवित्तको साधारणसभाले पारित गरे पश्चात उक्त लाभांश सेयरधनिहरुमा वितरण हुनेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ४ गतेदेखि पुस १९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । आजसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

प्रभु बैंक
प्रभु बैंकले पुस १८ गते आइतबार बबरमहल स्थित आफ्नै केन्द्रिय कार्यालयमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  

बैंकले हाल कायम चुक्ता पुंजीको १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ०.६३ प्रतिशत नगद लाभांश गरि कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा उक्त लाभांश वितरण हुने छ ।

बैंकले साधारणसभा प्रयोजनको लागि पुस ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । आजसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया