नेप्सेमा तीन लघुविक्तको सेयरमूल्य समायोजन, कुनको कति ?

४ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३ वटा लघुवित्त कम्पनीको शेयर मूल्य समायोजन भएको छ । सपोर्ट लघुवित्त, वोमी लघुवित्त र सुर्योदय लघुवित्तको शेयर मूल्य समायोजन भएको हो ।  

सपोर्ट लघुवित्त
सपोर्ट लघुवित्तको ३० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता १७६९.२३ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता २३०० रुपैयाँ रहेको थियो ।

लघुवित्तले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत १.५७८ प्रतिशत नगद लाभांश गरि कुल ३१.५७८  प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  

हाल कम्पनीको चुक्ता पुंजी ६ करोड ६० लाख रहेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । कम्पनीले पुस १० गते साधारणसभा आह्वान गरेको छ । 

सुर्योदय लघुवित्त
सुर्योदय लघुवित्तको २० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता १४२७.५० रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता १७१३ रुपैयाँ रहेको थियो । 

लघुवित्तले  आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको २०  प्रतिशतले हुन् आउने ४ करोड ९६ लाख ८ हजार ५ सय ८५ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । 

हाल कम्पनीको चुक्ता पुंजी २४ करोड ८० लाख ४२ हजार ९ सय २५ रहेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । कम्पनीले पुस १६ गते साधारणसभा आह्वान गरेको छ  ।

वोमी लघुवित्त
वोमी लघुवित्तको २० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता १३४०.४३ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता १६०९ रुपैयाँ रहेको थियो । मर्जर सम्झौता गरेकोले ओमी र सुर्योदय लघुवित्तको कारोबार भने रोक्का छ  । 

लघुवित्तले  आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको २०  प्रतिशतले हुन् आउने ८  करोड २३ लाख ८८ हजार ८ सय ८० रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्ता पुंजी ४१ करोड १९ लाख ४४ हजार ४ सय रहेको छ । 

वोमी लघुवित्त र ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जर भई एकीकृत कारोवार समेत आर्थिक वर्ष २०७७/०७८ मा शुरुवात गरिसकिएको हुँदा आयकर ऐन बमोजिम बोनस शेयरमा लाग्ने कर छुटको सुविधा समेत उपयोग गरिने भएकोले कर प्रयोजनको लागि नगद लाभांश प्रस्ताव नगरिएको कम्पनीले जनाएको छ । 

कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । कम्पनीले पुस १६ गते साधारणसभा आह्वान गरेको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया