अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस मनाइने, संसारभर २८ करोड १० लाख आप्रवासी कामदार

४ बर्ष अगाडि

काठमाडौं - सचेत, सीपमूलक र सुरक्षित रोजगार स् मर्यादित श्रम आप्रवासनको मूल आधार भन्ने नाराका साथ यसवर्ष पनि सप्ताहव्यापी अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस मनाउने भएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा गठित मूल समारोह समितिले बुधबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस, २०२१ को तयारीबारे जानकारी दिएको छ ।

रोजगारीको खोजी, अध्ययन, व्यवसाय, घुमफिर, शरणार्थी जीवन, कामको क्षेत्रगत विविधता लगायतका कारणले विश्वमा आप्रवासन हुने गरेको भन्दै मन्त्रालयले अन्तर्राष्ट्रिय आप्रवासन संगठन आई।ओ।एम। द्वारा प्रकाशित विश्व आप्रवासन प्रतिवेदन २०२० अनुसार संसारभर २८ करोड १० लाख मानिसहरु आप्रवासी कामदारको रुपमा रहेको बताएको छ । 

ती आप्रवासी कामदारको हित र अधिकारको रक्षाको साथै वैदेशिक रोजगारमा रहँदा पाउने पारिश्रमिक तथा अन्य सेवा सुविधा, न्युनतम् मानव अधिकारको प्राप्ति आदिमा विदेशी नागरिक भएको कारणबाट आप्रवासी कामदारहरु माथि हुनसक्ने विभेदलाई ध्यानमा राखी  डिसेम्बर १८ का दिन आप्रवासी कामदार र तिनका परिवारको सदस्यहरुको अधिकारका लागि यो दिवस मनाउने गरिएको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया