काठमाडौं - ज्योति विकास बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै ४ पदमा केही संख्यामा कर्मचारी माग गरेको हो ।
बैंकले ब्रान्च म्यानेजर, रिलेशनसिप म्यानेजर र ब्रान्च अपरेशन असिस्टेन्टमा केही संख्यामा र जुनियर ट्रेइनी असिस्टेन्टमा ५० जना कर्मचारी माग गरेको हो ।
उक्त पदका लागि बैंकले एसएलसि उत्तीर्ण देखि स्नातक तह उत्तीर्णसम्मको शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले पुष १४ गतेसम्म अनलाईन आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया