एभरेष्ट बैंकले आज १०.३२ प्रतिशत लाभांश पारित गर्ने

४ बर्ष अगाडि

काठमाडौं - एभरेष्ट बैंकको साधारण सभा आज हुदैछ । सभा बैंकको केन्द्रिय कार्यालय लाजिम्पाट काठमाडौं बिहान ११ः३० देखी भर्चुअल माध्यमबाट सुरु हुने छ । 

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ४ दशमलव ३२ प्रतिशत नगद लाभांश गरी कुल १० दशमलव ३२ प्रतिशत लाभांश पारित गर्नेछ ।

साथै उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक समेत निर्धारण गर्नेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया