आजसम्म कायम शेयरधनीले मात्र सनराइज बैंकको ७ प्रतिशत लाभांश पाउने, साधारण सभा कहिले ?

४ बर्ष अगाडि

काठमाडौं - सनराइज बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज ९बिहीबार० अन्तिम मौका रहेको छ ।

बैंकले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि पुस ४ गते एक दिनको लागि बुक क्लोज गर्ने निर्णय गरेको थियो । पुष २ गते शुक्रबार र ३ गते शनिबार परेको हुँदा आजसम्म कायम शेयरधनीले मात्र बैंकको प्रस्तावित लाभांश पाउनेछन् ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ६।६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

सोही प्रतिशत लाभांश पारित गर्न कम्पनीले पुष १५ गते आम्रपाली ब्याङ्क्वेट बालुवाटार काठमाडौंमा बिहान १०ः३० बजे भर्चुअल माध्यमबाट बस्ने गरी साधारण सभा आह्वान गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया