काठमाडौं- लन्डनस्थित नाटवेस्ट बैंकलाई ३५१ मिलियन अमेरिकी डलर बराबर जरिवना गरिएको छ।
नाटवेस्ट बैंकका विभिन्न ५० वटा शाखामा अनधिकृत रुपमा ४०० मिलियन पाउन्ड बराबरको रकम जम्मा गरिएको पाइएपछि सम्पत्ति शुद्धीकरण मुद्दामा उक्त जरिवाना गरिएको हो। त्यसरी अनधिकृत रुपमा यो बैंकको एउटै शाखामा ४० मिलियन पाउन्डसम्म जम्मा गरिएको थियो भने एकै व्यक्तिले ७०० मिलियन पाउन्डसम्म जम्मा गरेका थिए।
एकै व्यक्तिले यति धेरै पैसा जम्मा गरेपछि त्यहाँस्थित प्रहरीले उनलाई पक्राउ गरी लन्डन क्राउन कोर्टमा पेस गरेको थियो। त्यसपछि यो मामिला सार्वजनिक भएको थियो।
त्यसपछि राज्यद्वारा प्रवर्द्धिक यो नाटवेस्ट बैंकले सन् २०१२ देखि २०१६ सम्म बैंकमा खोलिएका खाताहरुको राम्रासँग अनुगमन नगरेकोमा गत अक्टोबरमा मुद्दा पनि चलेको थियो।
योसँगै नाटवेस्ट बैंकको शेयरमूल्यमा ०.७ प्रतिशतले गिरावट आएको छ। एजेन्सी
प्रतिक्रिया