एकैदिनमा बैंकहरुको निक्षेप ४ अर्बले बढ्यो, कर्जा लगानी २ अर्ब

४ बर्ष अगाडि

काठमाडौं,बैंक तथा वित्तीय संस्थाहरु निक्षेप एकैदिन ४ अर्ब रुपैयाँले बढेको छ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार मंसिर २८ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४७ खर्ब ९६ अर्ब रुपैयाँ पुगेको छ। मंसिर २७ गतेसम्म कुल निक्षेप ४७ खर्ब ९२ अर्ब रुपैयाँ रहेको थियो। यो हिसाबले निक्षेप एकैदिन ४ अर्ब रुपैयाँले बढेको हो।

मंसिर २८ गते बैंक तथा वित्तीय संस्थाले थप २ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। योसँगै कुल कर्जा लगानी ४५ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ। मंसिर २७ गतेसम्म कुल कर्जा लगानी ४५ खर्ब ९५ अर्ब रुपैयाँ थियो।

मंसिर २८ गते एकैदिन वाणिज्य बैंकहरुको निक्षेप पनि ३ अर्ब रुपैयाँले बढेको छ। योसँगै वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ। गत मंसिर २७ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब २३ अर्ब रुपैयाँ रहेको थियो। 

वाणिज्य बैंकहरुले यो एक दिनमा थप २ अर्ब कर्जा लगानी गरेका छन्। गत मंसिर २७ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४० खर्ब ७९ अर्ब रुपैयाँ रहेकामा मंसिर २८ गतेसम्म बढेर ४० खर्ब ८१ अर्ब रुपैयाँ पुगेको छ। 

मंसिर २८ गते बैंकहरुको औसत सीडी रेसियो घटेर ९१.२६ प्रतिशतमा झरेको छ। मंसिर २७ गतेसम्म औसत सीडी रेसियो ९१।३२ प्रतिशत रहेको थियो। 

४ बर्ष अगाडि

प्रतिक्रिया