काठमाडौं- तारागाउँ रिजेन्सी होटल लिमिटेडले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
वित्तीय विवरण अनुसार गत आवमा रू. ७ करोड ८९ लाख ८१ हजार नोक्सानी व्यहोरेको कम्पनीले चालू आवमा घटेर रू. ४ करोड ५५ लाख ४१ हजारमा झरेको हो ।
यस्तै, कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. १ लाख आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ५ करोड ३५ लाख ११ हजार पुगेको छ ।
कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ८८ करोड ६६ लाख रहेको छ भने कम्पनीले जगेडामा रू. १९ करोड ८० लाख ३० हजार सञ्चित गरेको छ । कम्पनीले जगेडा कोषमा गत आवको पहिलो त्रैमासमा रू. ३८ करोड ४४ लाख ३३ हजार सञ्चित गरेको थियो ।
त्यसैगरी, चालू आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. २.४१ ऋणात्मक र प्रतिशेयर नेटवर्थ रू. ११३.६४ रहेको छ ।
प्रतिक्रिया