काठमाडौं, चालु आर्थिक वर्षको कात्तिक मसान्त सम्ममा ३ खर्ब बढी रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्याँक अनुसार कात्तिक अन्तिमसम्ममा ३ खर्ब १२ अर्ब ४२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।
यो गत आर्थिक वर्षको तुलनामा रेमिट्यान्स आप्रवाह ७.५ प्रतिशतले कम हो। अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ११(२ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा बढेर ९६ हजार ३८२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९५.७ प्रतिशतले घटेको थियो ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या २४९.१ प्रतिशतले बढेर ५९ हजार ७२३ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७८.९ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर ७.४ प्रतिशतले घटेर ३ खर्ब ४५ अर्ब ६५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ८.९ प्रतिशतले बढेको थियो ।
प्रतिक्रिया