काठमाडौं, बैकहरुले पुसका लागि निक्षेपको ब्याजदर बढाएका छैनन् ।
बैंकर संघको सहमति अनुसार नै मंसिर महिनाको ब्याजदरलाई नै पुसमा पनि निरन्तरता दिइएको हो । ब्याजदर बढाए पनि निक्षेप नबढ्ने तर लागत वृद्धि हुने भएपछि बैंक तथा वित्तीय संस्थाले पुसका लागि पनि मंसिरकै ब्याजदर प्रकाशन गर्ने सहमति भएको थियो ।
मंसिर महिनामा अधिकांश बैंकहरुले व्यक्तिगत मुद्दतिमा १०.०५ प्रतिशत ब्याज दिने जनाएका छन् । सोही ब्याजदर पुस महिनामा पनि कायम भएको छ । राष्ट्र बैंकको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले हरेक महिनाको अन्तिममा आगामी महिनाका लागि कर्जा र निक्षेपको ब्याजदर प्रकाशन गर्नुपर्नेछ । सोही निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले पुसका लागि आज बुधबार ब्याजदर प्रकाशन गरेका छन् ।
लक्ष्मी बैक, सिद्धार्थ बैंक,पाइम कमर्सियल बैंक,एनएमबि बैंक,कुमारी बैंक हिमालयन बैंक,सेञ्चुरी कमर्सियल बैंक,माछाच्छे्र बैक, सिभिल बैंक, सानिमा बैंक, कृषि विकास बैंक,सनराइज बैंक, नेपाल बैंक,प्रभु बैंक, नेपाल एसबिआई बैंक,एनसीसी बैक, एभरेष्ट बैंक, नबिल बैंक, सिटिजन बैंक, बैंक अफ काठमाण्डू र नेपाल इन्भेष्टमेन्ट बैंकको मंसिर महिनाको अधिकतम ब्याजदर र पुस महिनाको अधिकतम ब्याजदर बराबर (१०.०५ प्रतिशत ) रहेको छ ।
सबैभन्दा कम ब्याजदर स्टान्डर्ड चार्टर्ड बैंकको रहेको छ । यसले पुस महिनामा पनि मुद्दति निक्षेपमा ९.५० प्रतिशत ब्याजदर दिने जनाएको छ । यता, मंसिर महिनामा १०.०५ प्रतिशत भन्दा कम ब्याज दिएका मेगा बैंक र राष्ट्रि वाणिज्य बैंकले पनि पुस महिनामा १०.०५ प्रतिशत ब्याजदर दिने भएका छन् ।
प्रतिक्रिया