काठमाडौं, साताको चौथो कारोबारको दिन (बुधबार) शेयर बजारमा सामान्य करेक्सन देखिएको छ । हिजो (मंगलबार) १३७.१८ अंकले बढेको शेयर बजार आज भने ४.२३ अंकले घटेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४.२३ अंकले घटेर २४१४.६२ विन्दुमा झरेको छ । नेप्से ०.१७ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक पनि ०.८९ अंकले घटेर ४५९.४१ विन्दुमा झरेको छ ।
अन्तिम समयसम्म कारोबारमा आएका कूल २२८ वटा कम्पनीको ९८ लाख ७९ हजार एक सय ९ कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब ५८ करोड ८३ लाख ९० हजार ६ सय ७८ रूपैयाँ बराबरको कारोबार भएको छ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ८ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी ५ वटा उपसमूहको शेयर घटेको छ ।
आज महालक्ष्मी विकास बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको १६ करोड ५८ लाख ६२ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।
बुधबार सामलिङ्ग पावर कम्पनी लिमिटेडको शेयरमूल्य सबैभन्दा धेरै बढेको छ । कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ४ सय ४४ रूपैयाँ पुगेको छ ।
प्रतिक्रिया