साधारण सभा मार्फत निफ्राको लाभांश पारित, शेयरधनी समूह र सञ्चालक समिति चयन

४ बर्ष अगाडि

काठमाडौं - नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आज अनुमप फुडल्याड एण्ड ब्याक्वेट बत्तीसपुतली, काठमाडौंमा सम्पन्न भएको हो । 

सभाले ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।  साथै सभाले २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ । 

सभाले सर्बसाधारण शेयरधनी समूहतर्फ सुमन पोखरेल र लिमा अधिकारी आचार्यलाई सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया