तरलताको अभाव समाधान बारे योजना बनाएर पेश गर्न अर्थमन्त्रीको आग्रह

४ बर्ष अगाडि

काठमाडौं - अर्थमन्त्री जनार्दन शर्माले तरलताको अभाव समाधान गर्न अर्थमन्त्रालय गम्भीर रहेको बताएका छन् । 

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको नवउत्थान सम्मेलनमा उनले बजारलाई जिम्मा दिने वा राष्ट्र बैंक मार्फत नै समस्याको सामाधान गर्ने बिषयमा बिशेष छलफल भईरहेको बताएका छन । 

साथै बैकहरुमा तरलताको अभाव समाधान बारे योजना बनाएर पेश गर्न समेत आग्रह गरेका छन् । निजी क्षेत्रलाई तरलता समस्या समाधानमा आवश्यक सुझाव दिन पनि आग्रह गरेका छन् ।

नेपाल राष्ट्र बैंक बरिष्ठ डेपुटी गर्भनर निलम ढुंगानाले विभिन्न कारणले तरलता अभाव भएको भन्दै यसको समाधानको लागि विभिन्न काम गरिरहेको बताएकी छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया