काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' समाज्यवादको विकसित रूपबारे लेलिनभन्दा दुई स्टेप अघि बढेको भन्दै व्यंग्य प्रहार गरेका छन् ।
पार्टीका मनोनित केन्द्रीय सदस्यको शपथ ग्रहणका लागि च्यासलमा बुधवार आयोजित कार्यक्रममा प्रचण्डले शेयर बजारका विषयमा नयाँ थेसिस ल्याएको भन्दै व्यंग्य प्रहार गरेका हुन् ।
'प्रचण्डले यो शेयर बजारका सम्बन्धमा बडा क्रान्तिकारी भएर भने– साम्राज्यवाद विकसित भयो भने शेयर बजार हुन्छ रे !' उनले भने, 'लेनिनभन्दा जान्ने भएछन् । लेनिनले पुँजीवाद विकसित भएर साम्राज्यवाद हुन्छ, भन्याथे । त्यो भन्दा दुई स्टेप अगाडि गएर प्रचण्डले साम्राज्यवाद विकसित भएर शेयर बजार हुन्छ भनिदिए ।'
'दुई दिनमा शेयर बजार धराशायी भयो । लगानीकर्ताको अवस्था के हुन्छ मतलब छैन । कुन शेयर कारोबारीले चन्दा दिएन होला, ध्वस्त बनाइदिन्छु, नरहे बाँस नरहे बाँसुरी', प्रचण्डलाई लक्षित गर्दै ओलीले थपे ।
उनले आफूहरूले यति बोलेको भए सडक आन्दोलन भइसक्थ्यो भन्दै अहिले सबै चुपचाप रहेकोमा आक्रोश पनि पोखे पोखे ।
प्रतिक्रिया