माइखोला हाइड्रोपावरले पुस २२ गते डाक्यो साधारण सभा,आइपीओ निष्कासन गर्ने विशेष प्रस्ताव

४ बर्ष अगाडि

काठमाडौ, माइखोला हाइड्रोपावरले वार्षिक साधारण सभा डाकेको छ ।

कम्पनीको मंसिर २८ गते सम्पन्न सञ्चालक समितिको निर्णय अनुसार सभा पुस २२ गते हुनेछ ।  सभा कम्पनीको केन्द्रिय कार्यालय अनामनगर काठमाडौंमा बिहान ९ बजे सुरु हुने कम्पनीले जनाएको छ ।

सभामा कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्दैछ । त्यस्तै, आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन र सोही अवधि सम्मको नाफा नोक्सान सम्बन्धी प्रस्तावमा छलफल हुनेछ । आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने अर्को प्रस्ताव पनि छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया