'राष्ट्रपति महिला उत्थान कार्यक्रम' प्रभावकारी, २३ गर्भवतीको उद्धार

४ बर्ष अगाडि

काठमाडौं - महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकोे ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ जिल्लामा प्रभावकारी बनेको छ । 

पहाडी भू–भाग तथा सबै क्षेत्रमा सडक यातायातसमेत नपुगेको यस जिल्लामा सो कार्यक्रम अन्तर्गत गर्भवती तथा सुत्केरी व्यथाले सिकिस्त बिरामीलाई निःशुल्क हवाई उद्धार गरेर उपचार गर्न थालिएपछि उक्त कार्यक्रम प्रभावकारी देखिएको हो ।

 आर्थिक वर्ष २०७५/७६ देखि जिल्लामा सुरुआत भएको यस कार्यक्रमअन्तर्गत हालसम्म जिल्लाका २३ गर्भवतीको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी विकल श्रेष्ठले जानकारी दिए । 

सुत्केरी अवस्थामा आमा र बच्चा दुवैको ज्यान जोखिम भएमा जिल्ला अस्पतालको सिफारिसमा प्रशासनले हवाई उद्धारका लागि प्रक्रिया अगाडि बढाउने गरेको छ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया