बुटवल पावरले २० प्रतिशत लाभांशका लागि तोक्यो बुकक्लोजको मिति, कहिले ?

४ बर्ष अगाडि

काठमाडौं, बुटवल पावर कम्पनी लिमिटेडले साधारण सभा प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छ।

कम्पनीले कुल २० प्रतिशत लाभांश प्रयोजनार्थ पुस ११ गतेदेखि २६ गतेसम्म बुकक्लोज गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर गरी  वितरण गर्ने घोषणा गरेको हो। आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात सो लाभांश वितरण गरिनेछ।

कम्पनीको २९ औँ वार्षिक साधारण सभा पुस २६ गते सोमबार आफ्नो रजिष्टर्ड कार्यालय, बानेश्वर, काठमाडौँमा साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे सुरु हुनेछ।

४ बर्ष अगाडि

प्रतिक्रिया