६० हजारदेखि डेढ लाखसहित साना किसान विकास लघुवित्तमा करारमा कर्मचारी माग, कति जना ?

४ बर्ष अगाडि

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले करार २ पदका लागि ३ जना कर्मचारी माग गरेको हो ।

इलाका कार्यालय विरेन्द्रनगर, सुर्खेतमा ५ महिना अवधिलाई २ कर्मचारी माग गरेको छ । साथै कार्यक्रम संयोजको लागि वित्तीय संस्थाको केन्द्रीय कार्यालय काठमाडौंमा २०७९ को असार मसान्तसम्मलाई १ जना कर्मचारी मागेको हो ।

यस्तै, अनुसरण सहजकर्ताको मासिक तलब ६० हजार पारिश्रमिक स्थानियस्तरको भ्रमण भत्ता वापत २० हजार र स्थानीय यातायाताको ५ हजार गरी ८५ हजार तोकेको छ भने कार्यक्रम संयोजकको मासिक पारिश्रमिक १ लाख ५० हजार रुपैयाँ (कर सहित) तोकेको छ ।

इच्छुक ब्यक्तिले आवश्यक कागजात सहित १५ दिन भित्र कम्पनीको वेबसाइट मार्फत आवेदन दिन सकिने छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया